दुबईमा एक वर्षदेखि अलपत्र परेका नेपालीहरुको उद्धार गरिएको छ ।
भिजिट भिसामा दुबई पुर्याएर एक वर्षदेखि अलपत्र पारिएका ६ जनाको जीवित र १ जनाको आत्महत्या गरी मृत्यु भएका नेपालीको शव नेपाल ल्याइएको छ।
अलपत्र ६ नेपालीको उद्धार मेडिकल व्यवसायी एवं समाजसेवी नेता दुर्गा प्रसाईँको पहलमा भएको हो । दुबईमा अलपत्र परेका नेपालीहरुलाई उनकै सहजीकरणमा एक नेपालीको शव सहित नेपाल ल्याइएको हो । अलपत्र परेका उनीहरुलाई नेपाल ल्याउदा लागेको खर्च सबै नेता प्रसाईँ आफैले गरेका हुन् ।
