एक भारतीय महिलालाई प्रहरीले चितवनबाट बच्चा अपहरण गरेको आरोपमा पक्राउ गरेको छ।
चितवनको भरतपुर महानगरपालिका–१७ गन्जानगरका ४ वर्षीय बालकलाई असोज ४ गते मध्यान्ह साढे १२ बजे ललाइफकाई गरेर लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने महिला भारतको रहसी गाउँ बस्ने ३८ वर्षकी अनिता पालले रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले जनाए अनुसार पाललाई जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा ४ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
