कांग्रेस र नेकपा एसका २७ जना युवाहरु एमालेमा प्रवेश

४ आश्विन २०७९, मंगलवार १५:०२

विभिन्न दल परित्याग गरी २७ जना युवा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरि उनीहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् । एमाले प्रवेश गरेका उनीहरुलाई काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी प्रवेश गराएका हुन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले विभिन्न पार्टी परित्याग गरेका २७ जना युवालाई काठमाडौंको बुढानिलकण्ठमा नेपाल खेलकुद महासंघले आयोजना गरेको कार्यक्रममा एमालेलाई प्रवेश गरेका छन् ।

एमाले प्रवेश गर्नेहरु नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३, ४ र ५ का युवाहरु रहेका छन् ।
युवाहरुलाई एमालेले सधैं प्राथमिकतामा दिएको नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए ।