जसपाका ५ नेताहरु एमालेमा प्रवेश, ती नेताहरु को को हुन ?

४ आश्विन २०७९, मंगलवार १०:५७

जनता समाजवादी पार्टी (जसपां) परित्याग गरेर विभिन्न नेता तथा कार्यकर्ताहरु नेकपा एमाले प्रवेश गरेका छन् ।

जसपाका नेता पूर्व मन्त्री खोभारी राय, सुनितादेवी यादव , धिरेन्द्र राय, राजमोहन राय र रामप्रवेश रायले जसपा परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन् । जसपा परित्याग गरेका उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सोमबार बालकोटमा खादा र माला लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचन नजिकिदै गर्दा विभिन्न दलका नेता तथा कार्यकर्ताहरुले पार्टी परित्याग गरेर एमाले प्रवेश गर्नेहरुको संख्या बढ्ने कम्रमा छ ।