बेपत्ता भएका शिक्षकको २२ घण्टापछि उद्धार

२ आश्विन २०७९, आईतवार १४:५८

छयादी खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक शिक्षकको २२ घण्टापछि सकुशल उद्धार गरिएको छ ।

दोलखाको कालिन्चोक ३ स्थायी घर भएका शिक्षक केशव सिवाकोटीलाई सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं.१ स्थित छ्यादी खोलामा शनिबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

बेपत्ता भएका सिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरको सहयोगमा उद्धार गरिएको छ। सिवाकोटी ढुंगामा अड्किएको अवस्थामा फेला परेका थिए।

भीरबाट सिवाकोटीको आवाज आएपछि उद्धारका लागि नेपाली सेनालाई खटाएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा बताइन् । अध्यक्ष शेर्पा भनछिन,् ‘उहाँलाई २२ घण्टापछि नेपाली सेनाको सहयोगमा उद्धार गरिएको हो । ठूलो पानी परेको भए राति नै बगाउन सक्थ्यो, तर खोलाको सतह नबढेकाले उहाँ ढुंगामै अड्किरहनु भएछ ।’