आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने आशय नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यक्त गरेका छन्।
अध्यक्ष प्रचण्डले अहिले देश विकासको लागि वातावरण तयार भएको उल्लेख गर्दै आगामी निर्वाचनपछि देशको आर्थिक विकासमा ध्यान केन्द्रित गर्ने बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै बताए।
राजनीतिक स्थिरता पछि सम्पूर्ण जीवन आर्थिक समृद्धिमा समर्पण गर्ने अध्यक्ष प्रचण्डले स्पष्ट पारे। आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि आफ्नो नेतृत्वमा पुनः देशलाई आर्थिक विकासको गति दिन ऐन कानूनमा आवश्यक सुधार र संशोधन गर्ने प्रतिवद्धता समेत उनले जनाए।
राजनितिक परिवर्तन र स्थिरताको निम्ति धेरै मेहनत गर्यौँ। अब बाँकी आर्थिक समृद्धिको लागि हाम्रो ध्यान केन्द्रित हुनेछ भनेर केही प्रयोग गर्न खोजियो। त्यो प्रयोग गरियो र सफल भएन। अब हामी दोस्रो लोकतान्त्रिक निर्वाचनलाई सम्पन्न गर्ने प्रक्रियामा छौं। मलाई विश्वास छ।
मैले त्यतिबेला जे प्रतिवद्धता गरेको थिएँ। अब मेरो हैसियतमा राजनीतिक स्थिरतापछि । सम्पूर्ण जीवन अब आर्थिक विकास, आर्थिक समृद्धिको लागि र सामाजिक न्याय र समान्ताका निम्ति समर्पित गर्ने प्रतिबद्धता जनाएको थिएँ। अब चाहन्छु आगामी निर्वाचनपछि फेरि एकपटक देशलाई आर्थिक विकासमा गति दिनको निम्ति ऐन कानूनमा आवश्यक सुधार र संशोधनसहित राजनीतिक पार्टीहरु र अन्तर्राष्ट्रिय मित्रहरु बीचको सहकार्यलाई नयाँ उचाइमा उठाइनेछ। यसमा परिसंघका पदाधिकारीहरुले खेलेको भुमिका धेरै महत्वपूर्ण छ।
अब एकपटक फेरि देशको नेतृत्व गरेर आर्थिक विकास, आर्थिक समृद्धिको लागि र सामाजिक न्याय साथै समान्ताका निम्ति समर्पित बन्ने अध्यक्ष प्रचण्डका् भनाई थियो ।
