पोखरेलले एमालेको सरकार बनाउनको लागि नेता कार्यकर्ताहरुलाई के गर्न भने ?

३० भाद्र २०७९, बिहीबार १४:०६

आगामी निर्वाचनलाई एउटा नियमित प्रक्रियाका रुपमामात्र होइन, समाज बदल्ने अभियानका रुपमा लिई एकताबद्ध भई जुट्न पार्टीपङ्तीलाई नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आग्रह गरेका छन् ।

महासचिव पोखरेलले राजनीतिक परिवर्तनका लागि समर्पण गरे जस्तै गरी देश बदल्ने अभियानका लागि पनि समर्पण आवश्यक रहेको बताएका छन् । ‘देश बदल्ने भनेको समाज बदल्ने हो, समाज बदल्नका लागि आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन संगठित र एकताबद्ध भई लाग्नुपर्छ महासचिव पोखरेलले भने ।

स्थानीय नेता तथा कार्यकर्ताहरुलाई आगामी मंसिर ४ गते हुने निर्वाचनलाई सामान्य रुपमा नलिन पनि आग्रह गरेका छन्। एक पार्टी सदस्यले नयाँ दुई भोट बृद्धि र पुराना पाँच भोटको संरक्षण गरेमा मात्रै आगामी चुनाव पछि एमालेको नेतृत्वमा सरकार बन्ने महासचिव पोखरेलले बताए ।

महासचिव पोखरेलले मंसिर ४ गतेको चुनावपछि पनि पाँच दलीय गठबन्धको सरकार बन्ने देशको भविष्य अन्धकार हुने बैतडीको पाटनमा आज आयोजित कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै बताए ।