आगामी निर्वाचनमा दुई तिहाईसहित सरकारमा आउँने नेकपा एमाले उपाध्यक्ष सुवास नेम्बाङले दावी गरेका छन्।
एमाले उपाध्यक्ष नेम्बाङले परमादेशबाट ओलीलाई हटाए पनि एमालेको जनमत बढेको छ जनमतबाट फेरि दुई तिहाई बहुमतसहित सिंहदरबार छिर्ने दावी गरेका हुन्।
उपाध्यक्ष नेम्बाङले आफूहरुलाई प्रतिपक्षमा बस्न कुनै समस्या नभएको र एमाले बाहेक जनताका लागि काम गर्ने देशमा कोही नभएको पनि दावी गरेका थिए।
