ओलीले पहिलोपटक आफ्नो कमजोरी स्वीकार गर्दै यस्तो भने

२९ भाद्र २०७९, बुधबार ११:००

राजनीतिक दल र नेताहरूको कमजोरीका कारण जनतामा पार्टीप्रति वितृष्णा बढेको एमाले अध्यक्ष केपी ओलीले स्वीकार गरेका छन् ।

एमाले अध्यक्ष ओलीले आफ्नो कमजोरी स्वीकार भने ‘मैले नेकपालाई फुट्नबाट जोगाउन सकिनँ, नेतृत्वमा रहेको व्यक्तिका रूपमा यस सम्बन्धमा मबाट पनि कमजोरी भयो होला । असल नियतले काम गर्दागर्दै, विशाल र एकीकृत नेकपा बनाउने सफलता हासिल गर्दागर्दै पनि त्यो एकता जोगाउन नसकेको म स्वीकार गर्छु ।’

सोमबार काठमाडौंमा आयोजना गरेको एमालेकै केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले सम्भवतः पहिलोपटक आफ्नो भागको कमजोरी स्वीकार गरेका हुन्।