तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ पछि माधव ढकालको फेरि अर्काे धमका

२९ भाद्र २०७९, बुधबार ०९:०९

चर्चित गीतकार तथा संगीतकार माधव ढकालको नयाँ गीत ‘तिम्रो खुशीमा’ बोलको गीत सार्वजनिक भएको छ ।

उक्त ‘तिम्रो खुशीमा’ बोलको गीतमा गीतकार ढकालको माया प्रेमका शब्द र संगीतमा भरिएको छ । उक्त गीतमा चर्चित गायिका रचना रिमाल र निशान भट्टराईको सुमधुर स्वर रहेको छ । गीतकार ढकालको उक्त गीत उनकै आफ्नो युटुब च्यानल माधव ढकाल मार्फत सार्वजनि गरेका छन् ।

किरण कँडेलले उक्त गीतमा संगीत संयोजन गरेका हुन । ढकालले यसअघि पनि ‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’ र ‘तिम्रो महल’ बोलको गीत बजारमा ल्याएर चर्चा कमाएका थिए । ‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’ बोलको गीतले बर्षको सर्वोत्कृष्ट गीतको अवार्ड समेत हात पार्न सफल भएको थियो।

गीतकार ढकालले गजल लेखनमा बढी रुची राख्ने भएकाले ०६४ सालमा गजल संग्रह पुस्तकको रुपमा प्रकाशन गरेका थिए । ढकालको उक्त कृतिमा ५६ गजल संग्रहित छन् । उनले २०६७ मा चर्चा गजलको एल्वम प्रकाशन गरेका थिए । जसमा सात वटा गीत, गजल छन् ।