इन्जिनियरहरुलाई पैसाका पछि कहिल्यै नलाग्न सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्देशन दिएका छन् ।
मन्त्रालयमा आयोजिक बधाई तथा स्वागत कार्यक्रममा मन्त्री चौधरीले लोक सेवाबाट सिफारिस भएर आएका ५९ जना इन्जिनियरहरुलाई भने, ‘अब तपाईँहरुको नीजि जीवनभन्दा फराकिलो स्पेस भएको छ ।
उक्त कार्यक्रममा मन्त्री चौधरीले भने राज्यले तपाईँहरुमाथि ठुलो लगानी र भरोसा गरेको छ । राज्यले दिएको जिम्मेवारीमा जवाफदेही बन्नुहोला । कहिल्यै पैसाको पछि नलाग्नुस् । तपाईंले इमानदारीपुर्वक काम गर्नुभयो भने पैसा आफैँ तपाईंको पछि लाग्नेछ ।’
इन्जिनियरले पैसा नखाइ कलम नै चलाउँदैनन् भन्ने हल्ला बजारमा सुनिएको भन्दै जनतालाई सेवा दिने कुरामा सधैँ ध्यान दिन र जनताले नबुझ्ने भाषामा नबोल्न समेत मन्त्री चौधरीले आग्रह गरे । साथै उनले भने मन दुख्ने भाषा नबोल्नुस् । तपाईँ जहाँ जानुहुन्छ त्यहाँ रहेका आफु मुनिका कर्मचारीलाई पनि नहेप्नुस् । नथर्काउनुस् । राम्रो संस्कार देखाउनुस् । मेहनतमा विश्वास गर्नुस् । मेहनतले नै तपाईंहरु सचिव बन्न सक्नुहुनेछ ।’
उक्त कार्यक्रममा मन्त्री चौधरीले ठुला नेता र कर्मचारीका नाम लिएर मन्त्रालयमा दबाब नदिन र पोष्टिङ भएकै ठाउँमा गएर काममा खटिन समेत निर्देशन दिएका छन् । इन्जिनियरिङ सेवा सिभिल समुह अन्तर्गत विल्डिङ र आर्किटेकतर्फ ४१ र जनरल उपसमुहतर्फ १८ जना इन्जिनियरहरुलाई मन्त्रालयका सचिव डांं.रमेशप्रसाद सिंहले सपथ खुवाएका थिए ।
इन्जिनियरहरुलाई काम गर्दा जहिले पनि शिष्टाचार व्यवहार गरेर काम गरेमा सबैको नजरमा राम्रो भैने र सबैले राम्रो मान्ने भएकाले जनतालाई सेवा दिदा जनताले नबुझ्ने भाषामा नबोल्न र मन दुख्ने भाषा नबोल्न मन्त्री चौधरीको निर्देशन थियो ।
