नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ली चानशुसँग भेट गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाल भ्रमणमा रहेएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चानशु नेतृत्वको संसदीय प्रतिनिधि मण्डलसँग मंगलबार संघीय संसद भवन नयाँ वानेश्वरमा भेट गरेका हुन् ।

यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नेपाल भ्रमणमा रहेएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चानशु नेतृत्वको संसदीय प्रतिनिधि मण्डलसँग संसद् भवन नयाँ बानेश्वरमा मंगलबार बिहान भेटवार्ता भएको छ ।
यस्तै नयाँ वानेश्वस्थित संघीय संसद भवनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल र नेपाल भ्रमणमा रहेएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चानशु नेतृत्वको प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ ।

