
जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी विभिन्न नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
प्रदेश सभा सदस्य अञ्जुकुमारी यादव र प्रतिनिधि सभा सदस्य रुही नाज एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गरेका यादव र नाज जसपाका केन्द्रीय सदस्य पनि हुन् ।
सोमबार जसपाका केन्द्रीय सदस्य रामउदिन राम, शम्भु साह, पूर्व राज्यमन्त्री अरबिन्द साथै नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति सन्तोष यादव, पनि एमाले प्रवेश गरेका छन् ।
एमाले प्रवेश गरेका उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला तथा गमछा लगाएर पार्टीमा स्वागत गरेका थिए। यस्तै एमालेका अध्यक्ष ओलीलाई पनि जनकपुरधाममा २०५ किलोको मालाले कार्यक्रममा स्वागत गरिएको थियो।
