अब हुने निर्वाचनको कुनै अर्थ नरहेको नेकपा (एमाले) का केन्द्रीय सदस्य दुर्गा प्रसाईले बताएका छन् ।
०४६ सालदेखि यता भएका सबै निर्वाचनबाट जितेकाहरुले देश र जनताको लागि केही पनि गर्न नसकेको र आफ्नो उमेर व्यतित गरेको नेता प्रसाईले आरोप लगाए ।
देशमा अहिलेसम्म देश र जनताको लागि काम गर्ने नेता नै नजन्मिएको दाबी गर्दै देशमा नेताहरु धेरै भएर विकास नभएको आरोप समेत लगाए । नेपालमा आत्माहत्या गर्नेहरुको दैनिक रुपमा बढेको तर त्यसतर्फ सरकारको ध्यान नगएको भन्दै नेता प्रसाईले गुनासो पनि गरेका छन् ।
देशको अर्थतन्त्र ५५ जना व्यापारी र १० जना नेताको हातमा रहेको उनले बताए । पत्रकार धमलाले कुन कुन नेताको पैसा विदेशी बैंकमा छ ? भनेर सोधेको प्रश्नमा नेता प्रसाईले भने–‘मैले अघि नै भनिसके, १० जना नेताको म भन्छु, चुनाव आउँदैछ, म चुनाव अगाडि १० जना पत्रकार लिएर म युएई जान्छु, सिंगापुर जान्छु, अमेरिका जान्छु, स्विट्जरल्याण्डपनि जान्छु ।
