समीरका भान्जा दाई र बाबुले आखिर किन भारत पुर्‍याए ?

२६ भाद्र २०७९, आईतवार १२:४०

घरबाट विद्यालय जाँदा बेपत्ता भएका रुपन्देहीको बुटवल उपमहानगरपालिकाका ३ बालक भारतको मुम्बई भेटिएका छन्।

शुक्रवार बिहान विद्यालय जान भनि हिडेका बुटवल उपमहानगरपालिका ११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल, समीर लम्साल र १४ वर्षीय प्रदीप पन्थी बेपत्ता भएका थिए ।

१५ बालक सागरका मामा राजु पन्थीले जानकारी दिए अनुसार शुक्रबार साँझसम्म पनि घरमा नपुगेपछि खोज कार्यमा प्रहरीको संलग्नताले बालकहरू भेटिएको हो। बालकहरू आफन्तको सम्पर्कमा आएको र सुरक्षित रहेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठग बहादुर केसीले जानकारी दिए ।

उनले भने, “बेपत्ता बालकमध्ये एक जनाको अभिभावकसमक्ष पुगेको र बालकहरू सुरक्षित रहेको जानकारी हामीसँग छ । अन्य २ बालकका अभिभावक जाँदै हुनुहुन्छ । त्यसपछि थप अनुसन्धान सुरु हुन्छ ।”

सागरमा मामा राजु पन्थीले जानकारी दिएअनुसार १५ वर्षीय समीर लम्सालका भान्जा दाई र बुबाले मनग्य आम्दानी र चाहे सोचेको कामको प्रलोभनमा पारेको खुलेको छ।

समीरका भान्जा दाई र बाबु बुद्धिबहादुर लम्सालले ती तीन बालकलाई प्रलोभन देखाएको प्रदीप पन्थीका परिवारसँग कुरा गर्दा पाइएको छ । बालकहरूले जान नमानेकोले अचेत बनाएर मुम्बई लगेको बताए ।

उनले भने, “प्रदीपको परिवारसँग भिडियोकलमा कुरा हुँदा परिवारसँग समीरको आफ्नै बुबा र भान्जा दाईले प्रलोभन देखाएको भनेका छन् । हामीहरू भारततर्फ जाँदै छौँ । उता पुगेपछि थप जानकारी दिनेछु ।”