नेकपा (एमाले) छोडेर नेकपा एकीकृत समाजवादीमा गएका डा.बालकृष्ण चापागाईं एमालेमै फर्किएका छन् ।
एमालेमै फर्किएका डा. चापागाईं नेकपा (एकीकृत समाजवादी)का रुपन्देही इन्चार्ज हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एमाले उपाध्यक्ष विष्णु पौडेलले चापागाईं एमालेमा फर्किएको पुष्टि गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष पौडेलसहितका नेताले आइतबार बिहान करिब ९ः३० बजे चापागाईंलाई एमालेमा स्वागत गरेका हुन् । एमाले प्रवेश गरेका चापागाईं प्रेस चौतारीका पूर्वअध्यक्ष र राससका पूर्वअध्यक्ष समेत हुन् ।
