कांग्रेस प्रदेश कमिटीले अफ्ताब आलमको नाम पनि सिफारिस गर्ने

२६ भाद्र २०७९, आईतवार १०:३४

अफ्ताब आलमको नाम नेपाली कांग्रेसको प्रदेश कमिटीले सिफारिस गर्ने तयारी गरेको छ ।

आलमको नाम रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट सर्वसम्मत पठाएको थियो। मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले क्षेत्र, जिल्ला हुँदै प्रदेश समितिमा आएको उनको नाम केन्द्रमा सिफारिस गर्न लागिएको जानकारी दिए।

कांग्रेस पूर्वकोषाध्यक्ष सीता देवी यादवको नाम पनि प्रदेश समितिले सिफारिस गर्ने भएको छ । क्षेत्रीय समितिले सिफारिस गरेको यादवको नाम जिल्ला समितिले काटेर प्रदेशमा पठाएको थियो।

मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताका अनुसार सिराहा –४ बाट सिफारिसमा नपरेका अमरेशकुमार सिंहको नाममा रायसहित केन्द्रमा नाम पठाउन लागिएको हो। आलम जिउँदा मान्छेलाई इँटाभट्टामा हालेको आरोपमा अहिल पुर्पक्षका लागि जेलमा रहेका छन् ।