मिटरव्याजीहरुले छोरीचेलीमाथि पनि शोषण गरिरहेका छन्: पोखरेल

२६ भाद्र २०७९, आईतवार १०:०५

नेकपा (माओवादी केन्द्र) नेता गिरिराजमणि पोखरेलले मिटरव्याजीहरुले प्रतिकूल परिस्थिति बनाएर पीडितका छोरीचेलीमाथि पनि शोषण गरिरहेको बताएका छन् ।

साहुकारहरुले विपन्न नागरिकलाई दिएको पीडालाई महसुस गरी सदनमा पनि पीडितहरूको विषयमा आवाज उठाएको शनिबार भंगाहा नगरपालिकामा मिटरव्याजी पीडितहरूको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेता पोखरेलले बताए । उनले भने, ‘हामीले आवाज उठाएपछि सरकारले मिटरव्याजीलाई अपराधीको सूचीमा राखेको छ, मिटरव्याजीहरुको अत्याचारको विषयमा डटेर लागिपरेका छौं ।’

अदालतको फैसलाप्रति पनि प्रश्न उठाउदै नेता पोखरेलले अदालतबाट फैसला गर्दा पीडित झन् पीडित भएको ध्यानाकर्षण गराए । पीडितहरू साहुकारबाट भाग्नुपर्ने अवस्था आएको कारणले अदालतको फैसला निष्पक्ष बनाउन अदालतलाई आग्रह समेत गरे ।