जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी खिम वहादुर विश्वकर्मा ने.क.पा. (माओवादी) केन्द्रमा प्रवेश गरेका छन ।
माओवादी प्रवेश गरेका विश्वकर्मा (जसपा) का केन्द्रीय सदस्य तथा दलित संगठन नेपालका केन्द्रीय अध्यक्ष समेत हुन् । यसअघि पार्टीभित्र असहमति जनाउदै जसपा केन्द्रीय सदस्यबाट राजिनामा गरेर विश्वकर्मा शुक्रबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
विश्वकर्मासँगै जसपाका संघिय परिषद सदस्य टोप वहादुर बलाल, आश बहादुर नेपाली लगायतका नेताहरु माओवादीमा प्रवेश गरेका छन् ।
माओवादी प्रवेश गरेका उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले पार्टी कार्यलय पेरिस डाँडा कोटेश्वरमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरी खादा र अविर लगाएर पार्टीमा स्वागत गरेका थिए ।


