ओलीलाई नागरिकता विधेयकको विरोध गर्ने नैतिकता छैन: प्रचण्ड

२४ भाद्र २०७९, शुक्रबार १२:०४

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र एमाले अध्यक्ष केपी ओलीलाई नागरिकता विधेयकको विरोध गर्ने कुनै नैतिकता नभएको बताएका छन्।

राज्य व्यवस्था समितिबाट त्यसलाई बहुमतले पारित गरिसकेपछि राज्य व्यवस्था समितिको सभापतिले र आफू पटक–पटक वैवाहिक अंगिकृतसहित लैजाउ सदनमा भन्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले नमानको प्रचण्डले बताए।

केपी शर्मा ओलीले वैवाहिक अंगिकृतसहितलाई ६ महिनासम्म रोकेकाले फेरि पछि त्यही वैवाहि अंगिकृतसहितलाई अध्यादेशमार्फत ल्याउने कुनै तुक, आधार र नैतिकता नभएको पैचण्डले बताए ।

अध्यक्ष प्रचण्डले दुवै सदनबाट पारित भैसकेको उक्त विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण नगरेकोमा असन्तुष्टि जनाएका छन्। ‘सामान्यतया दुवै सदनबाट पारित भैसकेपछि राष्ट्रपतिले त्यसलाई पारित गर्नुपर्दथ्यो, पहिले गर्नुभएन र फिर्ता पठाउनुभयो’, प्रचण्डले भने, ‘संविधानले राष्ट्रपतिलाई एकपटक यस्ता विधेयकहरुमा चित्त बुझेन भने हेर भन्ने अधिकार नै छ ।’ प्रचण्डले फेरि दोस्रो पटक दुवै सदनबाट गैसकेपछि अब यताउता गर्ने अधिकार नभएको बताए ।

‘दोस्रो पटक दुवै सदनबाट गैसकेपछि अब राष्ट्रपतिलाई यताउता गर्ने अधिकार छैन । त्यसकारण हामी आशा गर्छौ यो पटक राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुनेछ’, प्रचण्डको विश्वास छ । नागरिकता विधेयक प्रमाणीकरण गरेर लाखौं नेपालीलाई राष्ट्रपतिले बचाउनुपर्ने पनि प्रचण्डको भनाइ छ । उनले शान्ति प्रक्रियासँग सम्बन्धित विधेयक पनि संसदमा पुगेको भन्दै छिटै टिआरसी सम्बन्धि विधेयकलाई पनि सहमतिबाट अघि बढाउने तयारी भइरहेको बताए ।

यस्तै गठबन्धनभित्र सिट बाँडफाँटमा कुनै समस्या नभएको अध्यक्ष ‘प्रचण्ड’ले दावी गरेका छन् । गठबन्धनभित्र सिट बाँडफाँटको विषय समझदारी र सहमतिको निकट पुगिसकेको शुक्रबार प्रेस सेन्टर कास्कीले गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले बताएका हुन्।