बैंकको ऋण तिर्न नसक्दा व्यापारी घिमिरेले गरे आत्माहत्या

२४ भाद्र २०७९, शुक्रबार १०:५२

काठमाडौंको न्यूरोडस्थितका एक व्यापारीले बैंकको ऋण तिर्न नसक्दा आत्माहत्या गरेका छन् ।

आफ्ना सामान उत्तरी नाकामा अड्किएपछि व्यवहार बिग्रिएको र बैंकको ऋण तिर्न नसकेको भन्दै न्युरोड रन्जना मलमा व्यापार गर्दै आएका सुदर्शन घिमिरेले आत्माहत्या गरेका हुन् ।

घिमिरेले आत्माहत्या गर्नुमा राज्यको नीति दोषी भएको भन्दै सरकारको ध्यानाकर्षण गराउन बिहीबार रन्जना मलका व्यवसायीहरुले एक कार्यक्रम गरेका छन् । बैंकको ब्याज महँगो हुँदा, आफ्नो सामान नाकामा अड्किए र सहकारीले आफ्नो पैसासमेत झिक्न नदिएको कारण व्यापारी घिमिरेले आत्माहत्या गरेको भन्दै यसमा सरकार गम्भीर हुनुपर्ने उनीहरुको तर्क थियो । घिमिरेले बैंक, र सहकारीबाट ऋण लिएर व्यवसाय गर्दै आएका थिए ।