जसपा परित्याग गरी बछु केवट एमालेमा प्रवेश

२३ भाद्र २०७९, बिहीबार १४:१२

जनता समाजवादी पार्टी परित्याग गरेर रुपन्देही गैडहवा गाउँपालिकाका पूर्वअध्यक्ष बछु केवट एमालेमा प्रवेश गरेका छन्।

एमाले केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, ठाकुर गैरे लगायतले एमालेको बुटवलमा भएको प्रदेश संगठन कमिटीको बैठकमा केवटलाई स्वागत गरेका थिए।

तत्कालिन संघीय समाजवादी फोरमबाट २०७४ सालको स्थानीय चुनावमा केवट गैडहवा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। उनी २०७९ बैशाख ३० को स्थानीय तहको चुनावमा एमाले उम्मेदवारसंँग पराजित भएका थिए।