उपाध्यक्ष पौडेल बाहिरी हल्लाखल्ला नगरी घरदैलो अभियानमा

२३ भाद्र २०७९, बिहीबार १३:२३

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनलागि एमालेले रुपन्देही क्षेत्र नंं २ बाट उपाध्यक्ष विष्णु पौडेलको नाम सिफारिस गरेको छ ।

पार्टीले उपाध्यक्ष पौडेलको नाम सर्वसम्मत रुपमा उम्मेदवार लागि रुपन्देही क्षेत्र नंं २ बाट सिफारिस गरेपछि पौडेल यो वर्षको तीजदेखि नै चुनावी अभियान लागेका छन्।

उपाध्यक्ष पौडेलले बाहिरी हल्लाखल्ला नगरी घरदैलो अभियानमा लागेको नेताहरुले बताएका छन् । बुटवलको बेलबासमा तीजको बेलामा महिलाहरुसँग छमछमी नाचेर अभियान सुरु गरेका थिए ।

यस्तै उनी केही दिनअघि बुटवलकी महिला उद्यमी ज्ञानु केसीको टपरी उद्योगमा आधुनिक मेसिनका माध्यमबाट टपरी गाँसिने कार्यमा पनि आबद्ध भएका थिए। पौडेलले उक्त उद्योगमा काम गरेको भिडियो सामाजिक सञ्जाल टिकटकमा समेत भाइरल भएको छ।

हाल रुपन्देहीमा भइरहेका मुख्य कार्यक्रमहरु पौडेलले नछुटाएको उनका स्वकीय सचिव यम पाण्डे बताएका छन्। उपाध्यक्ष पौडेल चुनावी अभियानकै क्रममा आज पनि बुटवलमै ब्यस्त छन्।