पूर्वसुरक्षा अधिकारीहरुसँग राष्ट्रपतिले नागरिकता विधेयक बारेमा छलफल गर्ने

२२ भाद्र २०७९, बुधबार १६:११

पूर्वसुरक्षा अधिकारीहरुसँग राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक बारेमा छलफल गर्ने भएकी छन् ।

बिहीबार पूर्वसुरक्षा अधिकारीहरुलाई नागरिकता विधेयक बारेमा राष्ट्रपति भण्डारीले छलफलका लागि बोलाएकी छन् । पहिले पनि नागरिकता विधेयक संसदमा फिर्ता गर्नु अगाडि सुरक्षा अधिकारीहरुसँग राष्ट्रपति भण्डारीले छलफल गरेकी थिइन् ।

नागरिकता विधेयक पुनः दुवै सदनबाट हुबहु पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको छ । संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपतिकहाँ लालमोहरका निम्ति पठाइएको विधेयक १४औँ दिनमा फिर्ता भएको थियो। केही दिनयता राष्ट्रपतिले विधेयकमा पुनर्विचार गर्नपर्ने भन्दै विधेयक फिर्ता भएपछि नागरिकता मात्र होइन, राष्ट्रपतिको भूमिकाका सम्बन्धमा समेत भिन्न धारणा सार्वजनिक भएको थियो।