संस्कृतिको संरक्षण गर्न रकम बढाउँदै लैजान आवश्यक छ: मन्त्री श्रेष्ठ

२२ भाद्र २०७९, बुधबार ११:४०

संस्कृतिको संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजान आवश्यक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बताएका छन् ।

इन्द्रजात्रा सांस्कृतिक महत्वले भरिपूर्ण भएकोले यसको छुट्टै महत्व र पहिचान रहेको बुधवार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा मन्त्री श्रेष्ठले बताए। सांस्कृतिक महत्व बोकेका पर्वहरूलाई समयसापेक्ष बनाइ जगेर्नाका लागि समर्थन र सहयोग गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए ।

पर्व सञ्चालनको व्यवस्थालाई पनि समयसापेक्ष परिमार्जन गरेर अघि बढ्न आवश्यक रहेको र सांस्कृतिक पर्व पैसाले मात्रै बच्ने नभएकोले सबैको संलग्नता र सहयोगको आवश्यक भएको उनले बताए ।

गुठीहरूको खर्चलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा जोड दिन आवश्यक रहेको र सांस्कृति पर्वहरूलाई जोगाइराख्न त्यसमा सम्वद्ध गुठीहरूलाई पनि संरक्षण गर्नुपर्ने पनि बताए ।