प्रदेश र प्रतिनिधी सभा निर्वाचन पछि दुई खाले सांसद खडा गर्न सरकारले हतार–हतार कानूनमै संशोधन गर्न खोजेको नेकपा एमालेले आरोप लगाएको छ ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कानूनबाट सांसदको कार्यकाल लम्ब्याउने प्रयास एमालेलाई मान्य नहुने प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बताएका छन्।
परमादेशबाट सरकार पाउने बेला सत्ता गठबन्धनले पाँच वर्षभन्दा एक दिनअघि पनि संसद विघटन हुँदैन भन्ने फैसला लेखाएका कारण मंसिर ५ गतेपछि पनि यही संसद लम्ब्याउन खोजेको देखिएको तर, एमालेका लागि यो मान्य नहुने एमालेका प्रमुख सचेतक भट्टराईले बताए ।
