कांग्रेस ८० सिट वरिपरिको संख्याको सहमतिमा आउने प्रचण्डको विश्वास

२१ भाद्र २०७९, मंगलवार १२:५०

नेपाली कांग्रेसले ८० सिट वरिपरिको संख्यामा सहमतिमा आउने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वास व्यक्त गरेका छन् ।

गठबन्धनमा रहेका दलहरुका दावी आआफ्नै भएपनि सहमतिको विकल्प नभएको मंगलबार धनगढी विमानस्थलमा अध्यक्ष प्रचण्डले बताए । प्रचण्डले भने, ‘नेपाली कांग्रेसले चर्चा चलिरहेको र उहाँहरुले सुरुमा १०० भन्नुभएको थियो । तपाईहरुले पनि सुन्नुभएकै होला ‘तर पछि ८० को वरिपरि आउने सम्भावना बढ्दो छ । हामीले पनि ६० भनेका छौ, ६० बाट केही तलमाथि होला तर त्यसैको वरिपरि हुन्छ भन्ने हाम्रो विश्वास छ ।’

नेकपा समाजवादी र नेकपा एकीकृत समाजवादी पार्टीले पनि २५ सिटको वरिपरि गरेको स्थिति भएकाले त्यसैलाई आधार बनाएर सवै पार्टीका प्रतिनिधिहरु बसेर क्षेत्र र प्रदेशसम्म हेरेर टुंग्याउने प्रयासमा भएको पनि उनले बताए ।