आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले प्यूठानले तीन जनाको नाम सर्बसम्मत उम्मेदवारका लागि सिफारिस गरेको छ ।
पोलिटब्युरो सदस्य, प्युठान इन्चार्ज तथा केन्द्रिय कमिटी सदस्य सूर्य थापाको नाम नेकपा एमाले प्यूठानले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारका रुपमा सर्वसम्मत सिफारिस गरेको हो ।
यस्तै प्रदेश सभा १ बाट लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा निवर्तमान प्युठान जिल्ला कमिटीका अध्यक्ष तुल्सीराम शर्मा र प्रदेश सभा २ बाट केन्द्रिय कमिटी सदस्य, प्युठान सह–इन्चार्ज हरि प्रसाद रिजालको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारका रुपमा सर्वसम्मत सिफारिस भएका थापा प्युठानका जिल्ला इन्चार्ज र पूर्व प्रधानमन्त्री के पि ओलिका प्रेस सल्लाहकार समेत हुन् ।
