दाङ देउखुरी राप्ती गाउँपालिका–४ मौरीघाटका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन्।
आइतबार नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि द्वय चित्रम चौधरी र बुद्धिप्रकाश चौधरी लगायतका नेता तथा कार्यकर्ताहरु ठूलो संख्यामा एमालेमा प्रवेश गरेका हुन्।
एमालेमा प्रवेश गरेका उनीहरुलाई नेकपा (एमाले) राप्ती गाउँपालिका कमिटीले पार्टी प्रवेश कार्यक्रम आयोजना गरेर पार्टी प्रवेश गराएको छ ।
एमाले प्रवेश गरेका उनीहरुलाई एमालेका पोलिटव्यूरो सदस्य एवं दाङ जिल्ला इन्चार्ज नरुलाल चौधरीसहितका नेताहरूले पार्टीमा स्वागत गरेका थिए ।
