नेकपा एसका प्रभावशाली तीन नेता एमालेमा प्रवेश, ती नेताहरु को को हुन् ?

२० भाद्र २०७९, सोमबार १५:०१

नेकपा एमालेमा डोल्पाको ठुलीभेरी नगरपालिकाका पूर्व नगर प्रमुख गणेश बहादुर शाही सहित विभिन्न नेता र कार्यकर्ताहरु प्रवेश गरेका छन्।

नेकपा एमाले डोल्पाले जनाए अनुसार उनीहरु आज एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा प्रवेश गरेका हुन्। एमाले बिभाजन नगरप्रमुख पछि एकीकृत समाजवादी पार्टीमा गएका थिए । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमाले बाट शाही नगरप्रमुखमा निर्वाचित भएका थिए ।

पूर्व नगर प्रमुख शाहीले ठुलीभेरी नगरपालिका नगर केन्द्र सदरमुकाम दुनै बाट रातारात जुफाल सारेको आरोप खेपेर बिबादित समेत बनेका शाही पुनः एमालेमै फर्केको उनी निकट स्रोतले बताएको छ ।

नेकपा एस का किशान महासंघ कोषाध्यक्ष जीवन बहादुर शाही, बिधार्थी नेता अंगद शाही लगाएतका नेता कार्यक्रताहरु एमाले प्रवेश गरेका हुन् ।