प्रदेश एक का मुख्यमन्त्री राजेन्द्रकुमार राईकी आमाको निधन भएको छ।
विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा राईकी ममतामयी आमाको सोमबार बिहान निधन भएको हो । राईकी ८४ वर्षीया आमा धनकुमारी राईको स्वास्थ्य समस्या देखिएपछि केही दिनअघि उनलाई हेलिकप्टरबाट उपचारको लागि भोजपुरको षडानन्द नगरपालिकाबाट विराटनगर ल्याइएको थियो ।
राईको पार्थिव शरीर मोरङ सहकारी अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिने र अन्तिम संस्कारको लागि आजै भोजपुर लगिने मुख्यमन्त्री राईको सचिवालयले जनाए छ ।
