दाङ क्षेत्र नं.२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि शंकर पोखरेलको नाम सिफारिस

१९ भाद्र २०७९, आईतवार १८:२९

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको नाम दाङ क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि सिफारिस भएको छ ।

महासचिव पोखरेलको नाम दाङ क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि एमाले क्षेत्रीय समितिले सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।

महासचिव पोखरेल प्रदेशसभा सदस्यमा २०७४ को निर्वाचनमा दाङ क्षेत्र नम्वर २ बाट निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा प्रदेश सभमा लडेका उनी यसपाली भने प्रतिनिधि सभामा सिफारिस भएका हुन् । महासचिव पोखरेल लुम्बिनी प्रदेशको पूर्व मुख्यमन्त्री पनि हुन् ।

यस्तै संविधानसभा सदस्य राजु खनाल, कांग्रेस पूर्वजिल्ला सभापति घनश्याम रेग्मी, किरणकिशोर घिमिरे र भरतबहादुर न्यौपानेको नाम पनि प्रतिनिधी सभा निर्वाचनका लाागि दाङ क्षेत्र नं. २ बाट कांग्रेसले सिफारिस गरेको छ ।