सभामुख अग्निप्रसाद सापकोटाको नाम प्रतिनिधिसभाका लागि सिफारिस

१९ भाद्र २०७९, आईतवार १५:३७

सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सभामुख अग्निप्रसाद सापकोटाको नाम उम्मेद्‍वार सिफारिस भएका. छ।

सभामुख सापकोटासहित फुलम तामाङ र माधव सापकोटाको नाम सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रको निर्वाचन क्षेत्र नं.१ समितिको बैठकले सिफारिस गरेको हो ।

प्रतिनिधिसभा–१ (क) मा सरल सहयात्री पौडेल र प्रदेशसभा (ख) का लागि अम्बिका नेपाल, चन्द्रप्रसाद सापकोटा, टीएन सापकोटा र प्रतापसिंह तामाङ को नाम नेकपा माओवादी केन्द्रको निर्वाचन क्षेत्र नं.१ समितिको बैठकले सिफारिस गरेको हो ।