झापा क्षेत्र नं-५ ले जीवन राईलाई न्याय दिन सकोस

१८ भाद्र २०७९, शनिबार ०७:५५

नेपाली कांग्रेस झापा क्षेत्र नं-५ का सभापति/युवा नेता जीवन राई प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचन लड्नका लागि आफ्नो उम्मेदवारी दिएका छन।

उनको उम्मेदवारीलाई पार्टीका कार्यकर्ताहरुले हौसला र सम्मानपूर्ण हेरेको पाइन्छ। उनको नाम प्रत्यक्ष तर्फबाट पहिलो नम्बरमा सिफारिस भएको छ भने उनीसँगै अरु दुई प्रत्यासी राजन ढुंगना र अनिलकृष्ण प्रसाईं रहेका छन।

पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व गर्दै,विभेदकारी राजनीतिलाई चिर्न,पार्टी र समाज भित्र समानता,समता,सत्य,न्याय र सुशासन कायमका लागि आफ्नो उम्मेदवारी घोषण रहेको राईको भनाइ छ। आफ्नै कला,मेहनत,समाजसेवीपन,निडर स्वभाव र परिश्रमले राजनीतिक छलाङ र संघर्षरत व्यक्ति हुन,नेता राई।

गौरादह उद्योग वाणिज्य संघ अध्यक्ष हुँदै नेपाली कांग्रेसको छाता संगठन तरुण दलको क्षेत्रीय सभापतिसम्मको नेतृत्व कुशलता र जिम्मेवारपूर्ण तरिकाले निर्वाह गर्न राई छोटो समयमै सबैको माझ चिरपरिचित नाम भइसकेका छन। अर्को भाषामा भन्नू पर्दा पार्टीले दिएको हरेक जिम्मेवारीमा उनी “टेस्टेड र सफल” ठहरिसकेका छन।

गौरादह उद्योग वाणिज्य संघमा अध्यक्ष रहेर काम गरिरहदाँ व्यापारी वर्गकाे समेत मन भित्र बस्न सफल राईलाई स्वतन्त्र उम्मेदवार र अन्य पार्टीका कार्यकर्ताहरुको पनि साथ र समर्थन रहने कुरा बुझिन्छ। आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथी रहेर राईले थुप्रै सामाजिक,आर्थिक सहयोग समेत बेला मौकामा गरिरहेका छन।

परेकाे बेला जुनसुकै समस्यासँग जुध्नसक्ने निडर नेता राई कसैलाई काखा र कसैलाई पाखा नगरी समान व्यवहार गर्ने गर्छन। ओझेलमा परेका आदिवासी जनजातिहरुकाे प्रतिनिधित्व गर्न सक्ने क्षमता भएका राईलाइ पार्टीले चिन्न सकोस र मतदाताहरुले नयाँ दल हाेईन नयाँ युवा अनुहारहरु खाेजेका छन् भन्ने कुरा पार्टीले बुझी राईलाई प्रदेश सभा सदस्यको टिकट दिन सफल होस।

✍️✍️ विश्व प्रकाश तिम्सिना