नेपाली कांग्रेस क्षेत्रीय समितिले काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रत्यक्ष तर्फको उम्मेदवारका लागि ६ जनाको नाम सिफारिस गरेको छ ।
कांग्रेस क्षेत्रीय समितिले दुई केन्द्रीय सदस्य सहित ६ जनाको नाम सिफारिस गरेको हो । क्षेत्रीय सभापति जयकृष्ण महर्जन, महाधिवेशन प्रतिनिधिहरु धर्मराज गौतम, तिर्थराम डंगोल र गौरीप्रसाद दवाडी र केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जित र नानु बास्तोलाको नाम कांग्रेस क्षेत्रीय समितिले काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रत्यक्ष तर्फको उम्मेदवारका लागि सिफारिस गरिएको छ ।
यस्तै सदस्य किरण गिरी, दामोदर गौतम, बासु कार्की र बन्दना खड्कालाई समानुपातिक तर्फ क्षेत्रीय समितिको बैठकले सिफारिस गरेको छ । गिरी पूर्व केन्द्रीय सदस्य हुन् भने अन्य महाधिवेशन प्रतिनिधि हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गठबन्धनमा सिटबाँडफाँडमा रस्साकस्सी भइरहेको बेला कांग्रेसका नेता कोइराला बालकोट पुगेका हुन्। बालकोट श्रोतले बताए अनुसार उनीहरूबीच करिव डेढ घण्टा कुराकानी भएको हो ।
