
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विभिन्न नेताहरुले पार्टी परित्याग गरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।
नेकपा एमाले कैलालीको अध्यक्षबाट बर्खास्त भए रतन थापा लगायतका नेताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थापा नेकपा एमाले कैलालीका पूर्व अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य समेत थिए ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले रतन थापा, एमाले पूर्वसांसद हिमाञ्चल भट्टराई, भूमिका चौधरी लगायत नेताहरुलाई आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी स्वागत गरेकी हुन्।
जिल्ला कमिटी सचिवालय बैठकले स्थानीय चुनावमा थापाले अन्तरघात गरेको भन्दै थापालाई अनुशासनको कारबाहीको सिफारिस गरेर नेकपा एमालेले जिल्ला अध्यक्ष पदबाट हटाएको थियो ।
