सयौं नेता कार्यकर्ता नेकपा एस परित्याग गरी एमालेमा प्रवेश ओलीलाई मिल्यो थप उर्जा

१६ भाद्र २०७९, बिहीबार ०७:३६

सुदूरपश्चिम प्रदेशबाट नेकपा एस परित्याग गरी विभिन्न नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बुधबार नेकपा (एमाले) प्रवेश गर्ने कार्यक्रम तथा बृहत जनसभामा उनीहरुलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए ।

नेकपा एसबाट सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी, नेकपा एसका पोलिटब्युरो सदस्य तथा निवर्तमान प्रदेश कमिटी अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्द लगायत नेकपा एसका प्रदेश र जिल्ला कमिटीका सदस्यसहित सयौं नेता कार्यकर्ता नेकपा (एमाले) प्रवेश गर्ने हुन् ।

तस्वीरहरु साभार: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सचिवालयबाट