नेकपा एसका कुन कुन नेताहरु एमालेमा प्रवेश गरे ?

१५ भाद्र २०७९, बुधबार १६:३६

नेकपा एकीकृत समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश प्रदेश सरकारमा सहभागी राज्यमन्त्रीसहित पार्टीका उच्च पदाधिकारीहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बुधबार महेन्द्रनगरमा आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गराएका हुन् । नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी विना बुढाथोकी, तारा लामा तामाङ, विक्रमबहादुर शाही र अशोक कुमार चन्दसहितका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।

यस्तै सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई पनि ओलीले एमालेमा प्रवेश गराएका छन् । उनी बुधबार मात्रै बर्खास्तमा परेका हुन् । २०७८ चैत २५ गते चौधरी एकीकृत समाजवादीबाट राज्यमन्त्री पदमा नियुक्त भएका थिए ।