
सुर्खेतमा तीजको मेला हेर्न गएका एक युवाको झडप हुँदा ज्यान गएको छ।
मंगलबार वीरेन्द्रनगर नगरपालिका १०, स्थित बामेखोलामा राति युवाहरूबीच झडप हुँदा २१ वर्षीय रोशन जिसीको ज्यान गएको हो ।
युवाहरूबीच झडप हुँदा ज्यान गुमाएका जिसी बीरेन्द्रनगर नगरपालिका १० कै स्थानीय बाँसिन्दा हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी सुरज कार्कीले दिएको जानकारी अनुसार जिसीलाई केही युवाहरूले कुटपिट गरी हत्या गरेका थिए।
झडपमा परी घाइते भएका जिसीलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएको थियो तर चिकित्सकले उनलाई मृत घोषणा गरेको डीएसपी कार्कीले बताए ।
