निर्वाचन केन्द्रित अभियानलाई माओवादीले तीव्रता दिदै

१५ भाद्र २०७९, बुधबार १०:३६

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधी सभाको निर्वाचन केन्द्रित अभियानलाई नेकपा (माओवादी केन्द्र)ले तीव्रता दिएको छ ।

आज पार्टीको सम्पर्क समन्वय समितिको बैठक दिउँसो १ बजे पार्टी कार्यलय पेरिसडाँडामा बस्ने भएको छ । उक्त बैठकलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।

प्रदेश समितिहरूको बैठकमा चुनावी प्रशिक्षण दिने कार्यक्रम प्रचण्डको दैनिक रुपमा बढिरहेको छ। अध्यक्ष प्रचण्दले लगत्तै क्रमिक रुपमा कर्णाली, सुदुरपश्चिम, गण्डकी र मधेश प्रदेशमा पनि राजनीतिक प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।