नेकपा एमाले नेता महेश बस्नेतले आफुविरुद्ध भ्राम प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमा अर्काको भिडियोलाई इडिट गरी महेश बस्नेतलाई माओवादी केन्द्र निकट वाइसिएलका कार्यकर्ताले कुटपिट गरेको भन्दै गरेको प्रचारप्रति नेता बस्नेतको सचिवालयले आपत्ती जनाएको हो ।
उक्त प्रचार वास्तविकता भन्दा धेरै टाढा रहेको कुरालाई कल्पना गरी माओवादी कार्यकर्ताहरुले प्रचार गरेको नेता बस्नेतले बताए। सपनामा समेत सम्झनै नसक्ने कुरालाई माओवादी कार्यकर्ताले प्रचार गरी दिवा सपना देखेको भन्दै नेता बस्नेतले कडा आपत्ती जनाएका छन्। प्रचारमा रमाउने माओवादीले प्रचार गरिए जस्तो कुनै पनि सपना नदेख्न समेत चेतावनी दिए। उनले झुटा प्रचार गर्नेलाई कानुनी कारवाही गर्ने समेत चेतावनी दिए।
‘गएको स्थानीय चुनावमा सिन्धुपाल्चोक चौतारा नगरपालिकामा माओबादिका तर्फबाट मेयरको टिकट कृष्ण प्रसाद सापकोटालाई दिएपछि मनोनयन दर्ता गर्न जाने क्रममा माओबादी कै निवर्तमान मेयर अमान सिंह तामाङ्ग पक्षका कार्यकर्ता विच भएको विवादको भिडियोलाई माओवादी केन्द्रका अराजक तत्वहरु केशव थुलुङ्ग, S.p Regmi लगायतले सामाजिक सञ्जालको दुरुपयोग गरी “नेकपा एमालेका नेता महेश बस्नेतलाई नेकपा माओवादी केन्द्रको भातृसंगठन YCL का युवाहरुद्वारा भौतिक आक्रमण गरेको भनि ” झुटा प्रचार गरिएकोमा हाम्रो गंभिर आपत्ती रहेको छ । आम हाम्रो सुभचिन्तक तथा पार्टी कार्यकर्तालाई भ्रममा नपर्न अपिल गर्दै,सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिगत चरित्र हत्या गर्ने अराजक यस्ता तत्वहरुलाई कानुनी कारवाही गर्नेछौं। तत्काल साइवर क्राइममा जानकारी गराई आवश्यक कानुनी प्रकृया अगाडी बढाउने समेत सम्पूर्णलाई जानकारी गर्दछु।स्वकीय सचिव स्(दिनेश थापा।’ नेता बस्नेतको सामाजिक सञ्जालमा भनिएको छ,
