संसदमा छलफल होस् भनेर नागरिकता विधेयक फिर्ता गर्दा सत्ता गठबन्धनले जवाफ फर्काएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गुनासो गरेकी छन् ।
राष्ट्रपति भण्डारीले २९ साउनमा प्रतिनिधिसभामै संघीय संसदले पास गरेर प्रमाणीकरणका लागि पठाएको विधेयक फिर्ता गरेकी थिइन् । प्रादेशिक पहिचान र लैंगिक समानता नभएको तथा अंगीकृत नागरिकताबारे स्थायी समाधान खोज्नुपर्ने विधेयक फिर्ता गर्दा पठाएको सन्देशमा भनिएको छ ।
प्रतिनिधिसभाले २ भदौमा नागरिकता विधेयक हुबहु सत्तारुढ गठबन्धनको निर्णयअनुसार पास गरेको छ, राष्ट्रियसभाले भने विधायन समितिमा पठाएको छ ।
सोमबार नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरुसँग राष्ट्रपति भण्डारीले छुट्टाछुट्टै छलफल गरेकी थिइन्। भेटमा अग्निपथ लगायतका विषयमा पनि कुराकानी नभएको थियो, तर मुख्य चासो चाहिं नागरिकता थियो ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई लिएर शीतल निवास पुगेका थिए । कांग्रेस नेताहरु निस्किएको केही समयपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ रामबहादुर थापा महासचिव शंकर पोखरेललाई लिएर शीतल निवास पुगेका थिए ।
नागरिकता विधेयकमाथि संसदमा छलफल होस् भनेर फिर्ता पठाएको, तर सत्ता गठबन्धनले जवाफ फर्काएको राष्ट्रपति भण्डारीले दुबै दलका नेताहरुसँग भएको छलफलमा गुनासो गरिन् ।
‘मैले जुन गम्भीरतासाथ यो विषय उठाएकी थिएँ, त्यसको रेस्पोन्स त्यही अनुरुप हुन सकेन, म दुःखी छु,’ ‘मैले २००९ सालयताको विवाद सधैंका लागि रोकिने गरी संसदमा रहेका दलहरुले काम गर्नेछन् भन्ने अपेक्षा राखेको थिएँ, त्यस्तो भएन ।’ राष्ट्रपति भण्डारीले गुनासो गर्दै भनिन् ।
