
७४१ मेगावाट बिजुली गत वर्ष राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ । गत आर्थिक वर्षमा नेपालको राष्ट्रिय प्रसारण लाइनमा ७४१ मेगावाट बिजुली थपिएको ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री पम्फा भुसालले जानकारी दिइन् ।
७४१ मेगावाट बिजुली थपिएसँगै नेपालको कूल जडित क्षमता २२ सय ६९ मेगावाट पुगेको छ । ६६ किलोभोल्टभन्दा बढी क्षमताको प्रसारण लाइन ४४६ सर्किट किलोमिटर थप भएको छ ।
यस्तै प्राधिकरणले हालसालै देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १११ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड -आईएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको लागि भारतमा प्रस्ताव पठाएको छ ।
