यस्तो बनाए ओलीले मापदण्ड एमालेबाट उम्मेदवार बन्न, ती मापदण्ड के के हुन् ?

१२ भाद्र २०७९, आईतवार ११:४२

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार सिफारिस प्रक्रिया र छनोट मापदण्ड तोकेको छ।

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गर्दै एमाले केन्द्रीय कमिटी बैठकले उम्मेदवार सिफारिस प्रक्रिया र छनोट मापदण्ड तोकेको हो।

जिल्लाको सम्बन्धित प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समिति बैठकले प्रतिनिधि सभा उम्मेदवार सिफारिस गर्ने निर्णय भएको बैठकपछि एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए।

प्रचार तथा प्रकाशन विभाग प्रमुख गुरुङका अनसार ‘एउटा मात्र निर्वाचन क्षेत्र रहेका जिल्लामा जिल्ला कमीटीले सिफारिस गर्ने निर्णय भएको र सिफारिसको अन्तिम निर्णय भने केन्द्रले गर्ने भएको छ ।

पार्टीको नीति र कार्यक्रमप्रति प्रतिवद्ध हुनुपर्ने, लोकप्रियता र विजयीको सुनिश्चिचता, सन्तुलन र समावेशीता, निर्वाचन कानुनबमोजिम पूरा भएको उम्मेदवारको छनोट लागि बैठकले मापदण्ड तोकेको छ।