
राष्ट्रीय जनसाँस्कृतिक महासंघ र राष्ट्रीय जनसंगीत संघको आयोजनामा तिज विशेष कार्यक्रम नेकपा एमालेले शनिबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।
उक्त शुभकामना आदानप्रदान कार्यक्रम काठमाडौंको एभरेष्ट होटलमा आयोजना गरिएको थियो । शुभकामना आदानप्रदान कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुभाष चन्द्र नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, योगेश भट्टराई र राम बहादुर थापा (बादल)सहितका नेताहरु सहभागी भएका थिए ।
उनीहरुले महिला नेताहरुसँगै नाचगान गरेर रमाइलो गरेका थिए । अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रममा हार्मोनियम र गिटारसमेत बजाएका थिए । कार्यक्रममा एमालेका शीर्ष नेताहरु सहभागी भएका थिए ।
यस्तै उक्त कार्यक्रममा राष्ट्रीय जनसाँस्कृतिक महासंघ र राष्ट्रीय जनसंगीत संघ तर्फबाट विभिन्न कलाकारहरुले नाचेर गायर रमाइलो गराएका थिए ।

