एमालेको निर्वाचन परिचालन कमिटीको बैठक बस्दै

१२ भाद्र २०७९, आईतवार ०७:१६

आगामी मंसिर ४ गते हुने प्रदेशर प्रतिनिधी सभा निर्वाचनका लागि नेकपा (एमाले)को निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दै छ ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बस्ने भएको हो ।

निर्वाचन परिचालन कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस्य रहेका छन् ।