पाल्पा जिल्ला स्थाई घर भई काठमाण्डूमा औषधिको थोक व्यवसायीमा संलग्न युवा व्यावसायी सुरज पौडेल नेपाल औषधि थोक व्यावसायी संघ (PDAN) को केन्द्रीय सचिब निर्वाचित भएका छन।निकै मिलनसार र ऊर्जाशिल पौडेल सानै उमेर देखि विभिन्न सामाजिक संस्थामा आबद्ध र नेतृत्वमा समाज सेवामा संलग्न छन। घरको माईलो सन्तानको रुपमा बुबा इश्वरी प्रसाद पौडेल र आमा धना पौडेलको कोख बाट जन्मिएका पौडेल व्यावसायमा पनि निकै सफल छन।
भाद्र ३ र ४ गते काठमाण्डूमा सम्पन्न नेपाल औषधि थोक व्यवसायि संघ(PDAN) को प्रथम साधारणसभा र महाधिवेशन बाट केन्द्रीय सचिब पदमा निर्विरोध निर्वाचित भएका हुन।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले औषधि व्यावसायको क्षेत्रलाई मर्यादित, सेवामुलक तथा जनउत्तरदायी बनाउनुपर्ने बताएका छन्। गत शनिबार नेपाल औषधि थोक व्यावसायी संघको प्रथम राष्ट्रिय महाधिवेशन समारोहलाई सम्वोधन गर्ने क्रममा उनले औषधि व्यावसाय जनताको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको विषय रहेको भन्दै यसलाई जनउत्तरदायी बनाउनु पर्ने बताएका हुन्। सो अवसरमा राज्यमन्त्री केसीले गुणस्तरीय औषधि उपभोक्तासम्म पुर्याउन सरकारले समन्वयकारी भूमिका निर्वाह गर्ने समेत बताए। उनले भने, ‘औषधि भन्ने वित्तिकै जनस्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने विषय हो। यस कारण औषधि क्षेत्र निकै संवेदनशिल हुनुपर्छ। जनताले अहिले पनि एउटै औषधिको मुल्यमा एकरुपता नभएको गुनासो आइरहेका छन्। यसलाई हल गर्नुपर्ने देखिन्छ।’ राज्यमन्त्री केसीले भने, ‘औषधि जगतमा पछिल्लो समय यो वा त्यो नाममा मोलाउदै आएको अनेकन विकृतिको अन्त्य गर्नुपर्ने कुरामा जोड दिए। त्यसैगरी कार्क्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले प्रदेश सरकार औषधिको क्षेत्रमा सम्वेदनशील भएर लागेको बताए। मन्त्री लामाले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने प्रदेश सरकारको नीति रहेको भन्दै यसलाई प्रभावकारी बनाउन औषधिको भूमिका महत्वपुर्ण हुने बताए।
यसै महाधिवेशनबाट औषधि थोक व्यवसायी महासंघका अध्यक्ष शिवराज बास्कोटाले नियमन गर्ने निकायले समयमा ध्यान नदिँदा औषधि बजारमा बिकृति बढेको बताए। उनले भने, औषधि क्षेत्रको विकृती रोक्न संघले पहलकदमी लिएको छ। औषधि व्यवस्था विभाग भने निरीह बन्यो।’ कार्यक्रममा नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले औषधि क्षेत्रमा नीति परिवर्तन भइरहे पनि नियती परिवर्तन गर्न नसकिएको गुनासो गरे। हामीले औषधिको क्षेत्रलाई सुधार गर्नका लागि धेरैवटा नीति बनायौँ तर नियती समा देखिएन। यसलाई सुधारौँ,’ उनले भने। अधिवेसनले अध्यक्ष शिवाकोटी सहित उपाध्यक्षमा श्रीराम पराजुली र माधव अधिकारी, महासचिवमा गणेश नेपाल, सचिवमा सुरज पौडेल, कोषाध्यक्ष विनोदप्रसाद ढकाल लगायत सर्वसम्मत चयन गरेको छ।
