मेयर शाहलाई हतोत्साहित बनाउने गरी धम्की नदिन शेर्पालीको चेतावनी

१० भाद्र २०७९, शुक्रबार १३:३०

काठमाडौं महानगरका मेयर बालेन शाहको पछिल्लो कार्य स्वागतयोग्य भएको नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)का अध्यक्ष सुबोध शेर्पालीले बताएका छन् ।

वाइसीएलका अध्यक्ष शेर्पालीले महानगरका मेयर शाहले राज्य कोषमा कर छली गरी व्यवसाय सञ्चालनको प्रमाणसहित भवन, टहरा र पार्किङ स्थल भत्काउँदा एक थरीको निद्रा हराएको बताए । केही गर्छु भन्ने अठोटका साथ स्वतन्त्र रुपमा निर्वाचित भएका

वाइसीएलका अध्यक्ष शेर्पालीले आफ्नो वा पराई कोहि नभनी सधैं राज्यको भौतिक सम्पतिको संरक्षण गर्न र जनताको पक्षमा काम गर्न पनि मेयर शाहलाई आग्रह पनि गरेका छन् ।

यस्तै  वाइसीएलका अध्यक्ष शेर्पालीले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै भन्छन्  ‘काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहको नेतृत्वमा अनाधिकृत ढङ्गले संचालनमा ल्याइएको साथै राज्य कोषमा कर छलिगरी ब्यबसाय संचालन गर्दा सप्रमाण सहित भवन, टहरा, एवं केही पार्किङ स्थलहरू भत्काइएकोमा एकाथरि मनुवाहरूको निद्रा बिग्रेको छ । मेयर बालेन्द्र साहको पछिल्लो यो कार्य स्वागतयोग्य छ । केही गर्छु भन्ने अठोट गरि जनताबाट स्वतन्त्र रुपमा निर्वाचित भएका यो व्यवस्थाभित्र फुलेका फुल निमोठ्ने खालको अभिव्यक्ति र धम्की कसैले नदिए हुन्छ । मेयर ज्यु अघि बढ्नुहोस् आफ्नो वा पराई कोहि नभनी सधैं जनता एवं राज्यको भौतिक सम्पतिमाथि रजाइँ गर्न खोज्ने प्रवृत्तिका बिरुद्द जनमतको साथ लिएर लम्कनुहोस अवस्य पनि सफलता मिल्नेछ । शक्तिको आडमा बसेर कानुन विपरीत मनपरी गर्ने छुट कसैलाई पनि छैन । हुनु पनि हुँदैन ।’