धरानका मेयर साम्पाङ्ग निम्तोलाई स्वीकार्दै प्रचण्ड वृक्षरोपण कार्यक्रममा

१० भाद्र २०७९, शुक्रबार १२:५४

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज धरानका मेयर हर्क साम्पाङ्ग राईको निम्तोलाई स्वीकार गर्दै वृक्षरोपण कार्यक्रममा सभागिता जनाउने भएका छन् ।

धरान उपमहानगरका मेयर साम्पाङ्गले दुई साता अघि काठमाडौं आएका बेला विभिन्न दलका शीर्ष नेताहरूदेखि मन्त्रीहरुलाई पनि श्रमदानको लागि निम्तो दिएका थिए । यस्तै खुमलटार पुगेर माओवादीकाअध्यक्ष प्रचण्डलाई पनि उनले श्रमदानको लागि निम्तो दिएका थिए ।

मेयर साम्पाङ्गको उक्त निम्तोलाई स्वीकार्दै प्रचण्ड आज धरानको सर्दु जलाधार क्षेत्रमा साम्पाङसँगै वृक्षरोपण कार्यक्रममा सहभागी हुने भएका हुन् । दिउँसो १ बजेका लागि उक्त कार्यक्रम तय भएको बताइएको छ । सो कार्यक्रममा सहभागी हुन प्रचण्ड विराटनगर पुगिसकेका छन् ।

स्वतन्त्र उम्मेदवारबाट धरान उपमहानगको मेयर पदमा विजयी भएका हर्क साम्पाङ्ग राई पछिल्लो समयमा निकै चर्चामा छन्