काठमाडौ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)को पुस्ता मपाईवादमा लागेको नेकपा एमालेका युवा नेता महेश बस्नेतले आरोप लगाएका छन् ।
महानगरका प्रमुख बालेनको कुनै विचार र सिद्धान्त नभएको भन्दै मपाईंवादमा हिँडेको शुक्रबार भएको एक कार्यक्रमा बोल्दै नेता बस्नेतले आरोप लगाए हुन्। नेता बस्नेतले भने, ‘हामी राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको यात्रामा छौ । तर अहिले न मार्क्सवाद, न लेनिनवाद न समाजवाद ? अहिले त मपाईंवाद’,हुन् लाग्यो । ‘विशेष गरेर सन् २ हजार पछाडिको बालेन पुस्ताहरूको सिद्धान्त मपाईंवाद, म नै सबथोक हो भन्ने ।’ हिजो धार्मिक युगमा पनि ब्रह्मा, विष्णु, महेश्वर मिलेर मात्रै युद्ध जितेको भन्दै बालेनको पछिल्लो एक्सनप्रति आपत्ति जनाए ।
त्यसैले कोही माइकलालले सारा बोक्छु भन्छ भने म विश्वास गर्दिन । विकासका अनेक मोडलहरु हुन्छन्’, बस्नेतले भने, ‘दुईचार जना ट्यापेहरुलाई सुधार गृहमा लैजाने अभियानको नेतृत्व म गर्छु तपाईहरुले चिन्ता लिनुपर्दैन ।’
यस्तै नेता बस्नेतले सामाजिक सञ्जाल फेसबुमार्फ पनि महानगरका प्रमुख बालेनले गरेको कार्य प्रति असन्तुष्टि जनाउदै भनेका छन् ‘डोजर चलाउन रहर भए ड्राइभिङ्ग सिकेर आउनुहोला । अनि २/४ सय फेस बुके फ्यान भए भनेर नमात्तिनु बिगतका यस्ता २/४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन खोज्नै पर्ने भाको छ्। गाली गलौजको संस्कृति हाम्रो संस्कृति होइन । त्यस्को बिकाश र प्रोत्साहनमा अहिलेत रमाइलै होला पछि तपाईका बिरोधिले पनि तेही शैली अपनाए भने गार्हो होला।’
